१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
१०बर्ष देखि हराएकी बालिका घर फर्किन्
  • न्युज डेस्क

    १६ फाल्गुन २०७८, सोमबार

 

(नेपालगंन्ज )

बाकेको नेपालगंन्ज उपमहानगरपालिका  २ की बालिका १६ बर्षिय बालिका १० बर्ष पछि आफनो घर फर्केकी छन् । भारतको अल्मोडामा रहेकी उनि ६ बर्षको उमेरमा हराएकी थिइन् ।

करिव १० वर्ष अघि आफनै मामाले घरबाटै भारत पुर्याएका थिए ।

बालिका भारतको अल्मोडा जिल्लाको राजकिय बालगृह ‘किशोरी बख’ मा थिईन् । बालिकाको परिवारले दिएको जानकारी सहोदर मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पुर्याएका थिए  ।

विगत तिन वर्षदेखी बालगृहमा बस्दै आएपनि उनको पहिचान गर्न समस्याका साथै कानुनी जटिलताका कारण सहजै फर्काउन कठिनाई भएको थियो । मामाविरुद्ध अदालतमा मुद्दा चलिरहेको र बालिका बालगृहमा रहेको भन्ने जानकारी घर परिवार कहा आइपुगेपछि मात्र घटनाको बाहिर आएको थियो ।

बालगृहले सरकारी प्रतिनिधीकै रोहबरमा बालिकालाई जिम्मा लगाउने बताएपछि नेपालगन्जबाट वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्राकुमारी पुरी, निर्मला पौडेल, बाल अधिकारकर्मी सल्मान सल्मानी, परिवारका सदस्य लगायत ब्यक्ती केहीदिन अघि भारत पुगेका थिए । १६ वर्षीया ति बालिकालाई उनीहरुले नै उद्धार गरेर घर ल्याएका हुन् ।

 

‘डिएनएन परिक्षण रिपोर्ट मिलेपछि बालिका आफनो घरमा फर्किन पाईन, अब यिनलाई पुर्नस्थापना गर्नुपर्ने अवस्था छ,’ वडा अध्यक्ष सुनिल सिंह हमालले भने,‘ सबैको सहयोग र सहकार्यले बालिकालाई घर फिर्ता गराउन सफल भयौ ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित
  • Nabintech