७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
दाइजोले बिहे रोकीयो
  • न्युज डेस्क

    ६ फाल्गुन २०७८, शुक्रबार

(नेपालगन्ज)
घरमा बिहेको रौनक सुरु भइसकेके थियो । बिहेका लागि सबै तयारीमा जुटीसकेका थिए । बिहे भोजका लागि चाहिने सामाग्रिले घर भरीएको थियो । केटा पक्ष लाइ दिने लत्ताकपडा ।छोरी लाइ दिन भाडाकुडाले घरमा पुगिसकेका थिए।
नजिकका इष्टमित्र ,टाढाका पाउना आउने क्रम सुरु भइसकेको थियो । माग २६ गते बिहेको मिती तोकीएको थियो । कार्ड छापीएर आएका थिए । तर एकाएक केटा पक्षले दाइजोको अनेकौ माग राखेपछि केटि पक्ष अलमलमा परे । गाउमै समुदायमै बिबाद सुल्झाउन केटी पक्षले लागीरहे । तर केटा पक्षले घटना प्रहरीका पुगाएको भन्दै बिहे गर्न अस्वीकार गरे । बिहेका लागि एक हजार कार्ड छापीएका छन् । तर त्यो कार्ड बाडन पाएनन् ।
केटा पक्षको माग दिन प्रतिदिन बढदै गएपछि केटी पक्ष माघ १२ गते पहरीका पुगे । ‘प्रहरीको मा नै समय चाहियो भन्दै केटा पक्षले दिन लम्बाउदै गए हामी हैरान भयौ ’केटीका दाइ निरज रजकले भने घरको बिबाद भन्दै धेरै मिलाउने प्रयास गरयौ अहिले बहिनी माथि खेलवाड भयो । ’
जानकी गाउपालीकाकी २१ बर्षिय किशोरी संग डुडुवा गाउपालिकाका –१, प्रिपहवाका २४ बर्षिय अरबिन्द रजक संग बिहे पक्का भएको थियो । उनि डुडुवा गाउपालिकाका कर्मचारी हुन् ।मंसिर १६ गते मगनी भयो । तर बिबादकै कारण माघ १३ गते तिलक भएन् । मगनीमा केटिका परिवारले ७० हजार रुपैया खर्च गरे । तर केटा पक्षले तिलकमै नगदको माग गरेपछि केटिका परिवार अक्कमक्क परे ।
‘बाइक आफनै खुशिले दिने भनेका थियौ ।यामाया बाइकका लागि पैसा पनि बुझाएका थियौ तर फेरी केटाले होन्डा साइन बाइक माग गरे । केटाको बुवाले घरमा इनभटर लगाइदिन भने त्यतिले मात्र पुगेन केटाको नाममा जग्ग पनि गरीदिन माग गरे । दिन दिनै माग बढदै गएपछि सहन सकेनौ ।सक्दैनौ भनेपछि बिबाद बढयौ । ’फेरीपनि इज्जत सोच्यौ सहमती गर्न सल्लाह गर्दा पनि केटा पक्षले बिहे गर्न अस्वीकार गरे । केटिका दाइले भने ,‘हाम्रो त इज्जतको मात्र कुरा रहेन मेरो बहिनीको भबिष्य माथि नै खेलवाड भयो ।’

बिहे पक्का भइसकेपछि बेहुली बन्ने सपना सजाएकी २१ बर्षिय किशोरी बोल्न सकेकी छैनन् । उनी रोएर मात्र बस्न थालेकी छन् । एक्लै टोलाएर बस्न थालेकी छन् । ‘बिहे पक्का भइसकेपछि घण्टौ मोवाइलमा कुराकानी हुन्थ्यौ ’उनले भनीनन् ‘अहिले आएर म बिहे गर्दीन भन्छन् म कुनै खेलौना हु। दुनीयाले मलाइ नै खराब मानिरहेको छ ।’
ति किशोरी अहिले मानसीक रुपले बिक्षिप्त भएकी छन् । उनको अवस्था ठीक छैन् । अंग्रेजीमा स्नातक गरेकी २१ बर्षिय किशोरीले मानसीक रुपले कमजोर भएकी छन् । ‘छिमेकी साथीहरु बिहे कहिले हो किन भएन् भन्दै सोधीरहन्छन् ’उनले भनिन्,‘आफुलाइ यो घटनाले मलाइ मानसीक कमजोर बनायो । डिप्रेसनको औषधी खादै छु ’

‘एउटी केटीले बिहेको लागि अनेकौ सपना सजाएकी हुन्छीन् ।म सक्षम छु तर पनि इज्जत सोचीयो ।अब मेरो लागी यो इज्जतको कुरा मात्र भएन् ,उनले भनिन्‘अरु छोरी बहिनीको भबिष्य सुधार्न यस्ता लोभी पापीलाइ कानुनी दायरामा ल्याउन जरुरी छ ’
माघ १२ गते जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।तर बारम्बार छलफलका लागि केटा पक्षले समय माग्दै गए । आजित भएर बुधवार जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा पुगे ।
घटना प्रहरीका पुगे पनि कारण पत्ता लगाउन दुबै पक्षको राय बुझन सहमतीको प्रयास थालेपछि घटना थप लम्बीएको बाकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।
कानुनमा दाइजो लिन र दिन पाइदैन् । लिने दिने दुबै कानुनी सजायको भागिदार हुन्छन् ।
कानुन ब्यवसायी देबि माया खत्रीका अनुसार दाइजोका बिषय लाइ सामाजीक इज्जत संग जोडिदा महिलाहरु हिसांको शिकार हुदै गएको बताए । ‘यसमा प्रमाण जुटाउन् नसक्दा मुद्दा थप कमजोर हुन्छ’उनले भनीन्।

 

 

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित
  • Nabintech