१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
सवारी साधनको गति नियन्त्रणमा लागि भीटीआरएस प्रविधि जडान
  • न्युज डेस्क

    २७ माघ २०७८, बिहीबार

(नेपालगन्ज)
सवारीसाधनको गतिलाई नियन्त्रण गर्न बाके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्राकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) प्रविधि जडान गरेको छ ।
निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई समेत ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको बाके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले बताए ।
बाके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा (भीटीआरएस) जडान गरेपछि तीव्रगतिमा गुड्ने सवारीसाधन कारबाहीमा पर्दै आएका छन्।
निकुञ्जले पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखेको छ। पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्छ। शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जान्छ। निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने नियम बनाइएको छ।
प्रतिघण्टा ६० किलोमिटरभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई ठाउका ठाउ कारबाही हुने गरेको छ।
बाके राष्ट्रिय निकुञ्ज पूर्व पश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको छ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech