१४ जेष्ठ २०८०, आईतवार
१४ जेष्ठ २०८०, आईतवार
बाघ गणनाका लागि जडान गरिएका क्यामरा हराए
  • न्युज डेस्क

    २६ माघ २०७८, बुधबार

(नेपालगंन्ज )
पाठे बाघ गणनाका लागि बाके बर्दिया कम्लेक्समा प्रयोगमा ल्याइएका १७ वठा अत्याधुनिक क्यामरा हराएका छन् ।
ए ब्लकका नौ वटा सी ब्लकका चार ÷चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिले सम्म जंगलमा राखिएका ६ वटा क्यामरा हात्तिले क्षेति पुरयाइदिएको छ ।
बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रबिधिका स्वचालित क्यामराहरु चोरी हुने गरेको राष्ट्रिय संरक्षण कोष बर्दिया प्रमुख डाक्टर रबीन कडरियाले बताए।‘एउटा क्यामरा लाइ ४० हजार भन्दा बढि मुल्य पर्छ क्यामरा हराउदै जादा आर्थिक भार समेत बढदै जान्छ । गणनाका प्रयोग भएका क्यामराहरु बाहिरका मान्छे लाइ काम समेत लाग्दैन् ।’उनले भने,‘बाघको फोटो खिचेपछि क्यामरा हराउदा फेरी अर्काे क्यामरा राख्नुपर्दँ गणनामा समेत प्रभाव पार्छ । ’
बर्दिया–बाके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। ए र बि नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। भने सि ब्लकमा बर्दिया र बँके निकुञ्जको केही भाग पर्दछ। डि नम्बर ब्लकमा पुरै बाके राष्ट्रिय निकुञ्ज पर्छ।
अहिले सम्म बाके बर्दिया कम्लेक्स मध्ये चार वटा ब्लक मध्ये दुइ ब्लकमा बाघ गणना भइसकेको छ । भने सि ब्लकमा अहिले बाघ गणनाको काम चलीरहेको छ ।
अत्याधुनिक प्रबिधिसहितको क्यामरा ट्रयापिङ्ग बिधिबाट बाघको गणना भइरहेको बाके निकुन्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले बताए । ‘
अहिले सि ब्लकमा काम चलिरहेको छ । ’उनले भने,‘केहि दिनमा डि ब्लकमा समेत प्राबिधिक टोली खटीनेछन्’
बाके बर्दियामा पाठेबाघ गणनाका लागि सात टोलीमा ४२ जना प्राबिधिक हरु खटिएका छन् ।
सन् २०१८ को रिपोर्टअनुसार बर्दियामा ८७ र बाकेमा २१ वटा बाघ छन्। बाघको आक्रमणबाट बाकेमा ६ जनाको मृत्यु भएको छ।

 

  • २६ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech