७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
सांसद माथि बलात्कारको आरोप
  • न्युज डेस्क

    २५ माघ २०७८, मंगलवार

(नेपालगंन्ज )
सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ।नेकपा एमालेका नेता बानिया विरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगन्जको होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी हुन।
जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिदै शिक्षिका शाहीले नेपालगन्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन्।
शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेकी थिइन्। एकछिनपछि जाहेरी लिएर आउछु भनेर निस्किएकी शाही त्यसपछि प्रहरी कार्यालय पुगिनन्। आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउदैछु भनेकी शाही सोमबारमात्रै जाहेरी लिएर जिप्रका पुगिन्। शाहीको जाहेरी दर्ता भइसकेको छैन। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिसकेको छ।
बाके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गरे। ‘सांसद बानिया विरुद्ध सोमबार बलात्कारको जाहेरी परेको छ। हामी बुझ्दैछौं’, प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने, ‘ त्यसपछि महिला सम्पर्कमा आउनुभएको छैन्।’

 

 

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech