१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
अपहरण गरी हत्या गरेको आरोपमा अभियुक्त ११ वर्षपछि पक्राउ
  • न्युज डेस्क

    २२ माघ २०७८, शनिबार

(नेपालगंन्ज )
बाकेको नेपालगन्ज उपमहानगरपालिका–१ का हिमाल बुढालाई अपहरण गरी हत्या गरेर फरार रहेका ३३ वर्षीय सौभाग्य मल्ल ११ वर्षपछि पक्राउ परेका छन् । २०६७ माघ ३ गते बुढाको हत्यापछि कर्तब्य ज्यान मुद्दा लागेका नेपालगन्ज उपमहानगरपालिका–१३ (हाल वडा १०)का मल्ल शुक्रबार गोरखाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
११ वर्षदेखि फरार रहेका मल्ल गोरखामा लुकिछिपी बसेको सूचनाका आधारमा खोजतलास गर्दा गोरखा नगरपालिका–६ पाटेचौरबाट पक्राउ गरिएको हो ।
२०६७ माघ ३ गतेबाट अपहरित बुढाको शव माघ १४ गत बाँके नौबास्ता–४ स्थित एक स्थानीयको घरमा फेला परेको थियो । नन्दादेवी बुढाले आफनो छोरा २१ वर्षीय हिमाल बुढालाई मल्लसहित पाँचजना व्यक्तिहरूले मोटरसाइकलबाट अपहरण गरी फिरौती माग्दै हत्या गरेको भन्दै ‘अपहरण गरी कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएकी थिइन् ।
हाल पक्राउ परेका सौभाग्य मल्ल घटनापछि भागेर भारतमा लुक्दै बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘मल्ल नेपालमा रहँदाको परिचयसमेत परिवर्तन गरी जगदशि सिंहको परिचय बनाई भारतको साकेत नगर रुपैडिया केवलपुर बहराइज, उत्तर प्रदेश ठेगानाको आधार कार्ड बनाई भारतमै घरसमेत बनाएर रहदै आएका थिए । मल्ल गोरखामा रहेको आफनो मामाघरमा आएको भन्ने गोप्य सूचनाका आधारमा निगरानी गरी पक्राउ गरीएको थियो

उक्त घटनामा बाँके प्रहरीले यसअघि नै घटनामा संलग्न रहेको अभियोगमा प्रशन्न मल्ल नाम गरेका युवालाई पक्राउ गरी अपहरणमा प्रयोग गरेको सवारी साधान बरामद गरेको थियो ।
प्रहरीका अनुसार वि.सं. २०६७ माघ ३ गते पाँच जना मिलेर हिमलाललाई नेपालगन्जको धम्बोझीबाट अपहरण गरेर कोहलपुर पु¥याएका थिए। कोहलपुरमा एउटा खाली घरगोठमा बन्धक बनाएर हिमलालका परिवारसँग ३५ लाख फिरौती मागिएको थियो। तर, पोल खुल्ने भएपछि अपहरणकारीले तारले घाँटी कसेर हिमलालको हत्या गरेका थिए। हत्यापछि हिमलालको अनुहार जलाइएको थियो।

उक्त घटनामा संलग्न भन्दै जिल्ला अदालत, बाँकेले घटनामा संलग्न प्रशान्त मल्ललाई कर्तव्य ज्यानमा जन्मकैद, अपहरणमा नौ वर्ष कैदसहित ५० हजार जरिवानाको सजाय सुनाएको थियो। २०६९ असार ६ गते अदालतले उक्त फैसला सुनाएको थियो। पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ ।दैलेखका कृष्ण थापा जमानीमा छुटेका थिए।

 

  • २२ माघ २०७८, शनिबार प्रकाशित
  • Nabintech