१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा निमार्णधीन होल्ङ्गि सेल्टरको लुम्विनी प्रदेशको आन्तरीक तथा सञ्चार मन्त्रीशर्मा द्धारा अनुगमन
  • न्युज डेस्क

    ३० पुष २०७८, शुक्रबार

 

डेक्स न्युज ।
बाँकेमा निमाणधीन होल्ङ्गि सेन्टरको लुम्विनी प्रदेशको आन्तरीक तथा सञ्चार मन्त्री तिलकशर्मा हिमाल लगायतको जिल्ला स्थीत सुरक्षा निकायको टोको सयुक्त आज अनुगमन भएको छ ।
अनुगमनको क्रममा आन्तरीक तथा सचार मन्त्री तिलक शर्मा हिमालले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणलाई तिब्र निमार्ण भएको बताए । उनले कोरोना माहामारी वढि रहेको अवस्थामा १ हजार जनताको लागी हजार शैयाको भवन पुर्ण रुपमा तयारी रहेको बताए । अझै तिव्र गतिमा काम गर्न निमार्ण कम्पनीलाई निर्देशन दिए। उनले अव हामी लुम्विनी प्रदेशमा कोरोना रोग अथवा कुनै विपतको अवस्थामा जनताहरुको ज्यु धन सुरक्षाको लागी राज्यले पुरा तयारी अवस्थामा रहेको बताए ।
२२ वटा भवन तयार पार्न लागिएको हो ।वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ ।
नेपालगन्जको होल्डिङ सेन्टरको काम करिव ९५ प्रतिशत पूरा भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । खत्रीका अनुसार होल्डिङ सेन्टर भए नाकामा संक्रमण पुष्टि भएकालाई त्यही राखिने छ ।
हनुमान निर्माण कम्पनी ललीतपुरले ठेक्का लिएर काम सुरु गरेको हो ।साउन २६ सम्झौता भएको कम्पनीले भदौ ५ गते काम सुरु गरेको कम्पनिका डाइरेक्टर रुजन थापाले बताए । ‘बर्खाले २ महिना काम रोकीयो अहिले ८० प्रतिशत काम पुरा गरेका छौ ’ कम्पनीले अहिले सम्म ४० प्रतिशत रकम भुत्तानी पाएको छ ।
नेपाली सेनाले यही पुष मसान्त भित्र उक्त होल्डिङ सेन्टर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।तर समयमा रकम निकासा नहुदाँ बजेट अपुगका लागि चैत मसान्त सम्म सम्झौता थप गरीएको छ ।
भैरव प्रसाद गणका प्रमुख सेनानी जनमत कार्किका अनुसार बाँके बर्दिया कोरोना सक्रमितका लागि बनाइएको भवनमा एक हजार जना शैया रहने छ । त्यसको सुरक्षाका लागि नेपाली सेनाले सुरक्षा दिइने छ । तिन सय शैयाको अहिले सम्म तयार भइसकेको बताए ।
होल्डिङ सेल्टर नहुँदा अहिले नाकामा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नेपालगन्जको बाल मन्दिरमा रहेको आइसोलेसनमा राखेर सम्बन्धित जिल्लाका पालिकाहरुमा पठाउने गरिएको छ । नेपाल भारत सीमा नाकामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ ।
नेपाल भारत सीमा नाकामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ ।जमुनाहा हेल्थ डेक्सका अनुसार नाकामा दैनिक ४० को हाराहारीमा मानिसहरुमा संक्रमण पुष्टि भइरहेको छ । तर सीमामा संक्रमितलाई अलग गर्ने कुनै संरचना छैनन् ।
सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाएपनि हाल संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा राखिएको छैन ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित
  • Nabintech