१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा निमार्णाधीन होल्डिङ सेल्टर तिव्र गतिमा निमार्ण हुदैँ
  • न्युज डेस्क

    २९ पुष २०७८, बिहीबार

डेक्स न्युज :नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेल्टर निर्माणलाई तिब्र पारेको छ । २२ वटा भवन तयार पार्न लागिएको हो ।वैशाख १३ मा होल्डिङ  सेल्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । अधिकांश स्थानमा होल्डिङ सेल्टर निर्माणकै चरणमा छ ।
नेपालगन्जको होल्डिङ सेल्टरको काम करिव ९५ प्रतिशत पूरा भएको बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । खत्रीका अनुसार होल्डिङ सेन्टर भए नाकामा संक्रमण पुष्टि भएकालाई त्यही राखिने छ ।
हनुमान निर्माण कम्पनी ललीतपुरले ठेक्का लिएर काम सुरु गरेको हो ।साउन २६ सम्झौता भएको कम्पनीले भदौ ५ गते काम सुरु गरेको कम्पनिका डाइरेक्टर रुजन थापाले बताए । ‘बर्खाले २ महिना काम रोकीयो अहिले ८० प्रतिशत काम पुरा गरेका छौ ’ कम्पनीले अहिले सम्म ४० प्रतिशत रकम भुत्तानी पाएको छ ।
नेपाली सेनाले यही पुष मसान्त भित्र उक्त होल्डिङ सेन्टर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।तर समयमा रकम निकासा नहुदा बजेट अपुगका लागि चैत मसान्त सम्म सम्झौता थप गरीएको छ ।
भैरव प्रसाद गणका प्रमुख सेनानी जनमत कार्किले बाके बर्दिया कोरोना सक्रमितका लागि बनाइएको भवन मा एक हजार  शैया रहने छ । त्यसको सुरक्षाका लागि नेपाली सेनाले सुरक्षा दिइने छ । तिन सय शैयाको अहिले सम्म तयार भइसकेको बताए ।
होल्डिङ सेन्टर नहुँदा अहिले नाकामा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नेपालगन्जको बाल मन्दिरमा रहेको आइसोलेसनमा राखेर सम्बन्धित जिल्लाका पालिकाहरुमा पठाउने गरिएको छ । नेपाल भारत सीमा नाकामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ ।
नेपाल भारत सीमा नाकामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ ।

जमुनाह हेल्थ डेक्सका अनुसार नाकामा दैनिक ४० को हाराहारीमा मानिसहरुमा संक्रमण पुष्टि भइरहेको छ । तर सीमामा संक्रमितलाई अलग गर्ने कुनै संरचना छैनन् ।

सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेल्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाएपनि हाल संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा राखिएको छैन ।

 

 

  • २९ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech