१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गुनासो
  • न्युज डेस्क

    २९ पुष २०७८, बिहीबार

डेक्स न्युज ।
२० बर्षिय अनमोल जन्मीदा छोरा भएर जन्मीए । बाहिरी रुपमा उनि पुरुष देखिएपनि आत्मा देखि महिला थिए । अनमोल बाट अरु भएका उनलाइ आफनो भित्री चाहना दबाउन उनलाइ मन थिएन् । तर समाजले स्वीकार नगर्ला भनेर उनि आफनो पहिचान लुकाउन बाध्य भए । आइतबार नेपालगंन्जमा आयोजीत कार्यक्रममा आफु जस्तै युवालाइ उत्प्रेरीत गर्दै उनले भने, अब आउने पुस्ताले आफनो पहिचान लुकाउन नपरोस निर्धक्क आफनो पहिचान सहित आत्सम्मानका साथ बाच्न पाउन् ।
आइतबार नेपालगंन्ज उपमहानगरपालीका वडा नं ५को समन्वयमा पश्चिम तारा नेपालले आयोजनाले यौनीक तथा लैगिक अल्पसंख्यक समुदायका सरोकारहरुका सम्बन्धमा अभिमुखीकरण तथा सचेतना मुलक कार्यक्रममा बोल्दै पश्चिम तारा नेपालकी परिना चौधरीले समुदायले यौनीक तथा अल्पसख्यकका सवालमा अझै राज्य सम्बेदनशील नभएको बताइन् ।
हरेक संरचानामा महिला तथा पुरुषको सहभागिता भएपनि यौनीक तथा अल्पसंख्यक समुदायको सहभागीता अनिवार्य नगरीएको बताइन् । कार्यक्रममा सहभागि उपमहानगर वडा नं ५का वडा अध्यक्ष कैफूल अन्सारीले आफनो वडा यौनीक तथा अल्पसंख्यक समुदायको उत्थानका लागि आगामि दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गरे । कार्यक्रममा वडाकी दलित महिला सदस्य मन्जु नेपालीले यौनीक तथा अल्पसंख्यक समुदायहरु समाज बाट अपेहलीत हुनु लज्जास्पद भएको बताइन् । उनले यस्ता जनचेतनाका कार्यक्रम सबै समुदायमा पुगाएर उनिहरुलाइ आत्म सम्मानका साथ जिबन बाच्ने वातावरण बनाउन सबैको सहयोग आवश्यक भएको बताइन् । कार्यक्रममा वडाका सदस्य , स्थानीय, ,बिद्यार्थी, अभिभावक , स्वास्थ्य स्वयमसेवीका लगाएतको सहभागिता थियो ।

 

 

  • २९ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech