७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
नाकामा कार्यरत स्वास्थ्यकर्मी आफै सक्रमीत
  • न्युज डेस्क

    २६ पुष २०७८, सोमबार

डेक्स न्युज :

पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ।उनीहरु फर्किएसंगै नेपालमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ। नाकामा खटीएका स्वास्थ्यकर्मी नै सक्रमीत हुन पुगेका छन् ।
नेपालगन्ज स्थित नेपाल–भारत सीमानाका जमुनाहामा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । जमुनाह नाकामा रहेको हेल्थ डेक्समा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र का फोकल पर्सन तेज ओलीलेबताए ।
हेल्थ डेस्कमा कार्यरत एक जना ल्यावका कर्मचारी र अर्का पारामेडिक्सलाई कोरोना पुष्टी भएको उनले बताए । संक्रमित दुबै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकीका लक्षण देखिएको छ । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि अब नाकामा स्वास्थ्य जाच गर्न स्वास्थ्यकर्मीको अभाव हुन सक्ने ओलीले बताए ।
नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालनन गरीएको छ ।जो दुइ सिफटमा डिउटी गर्छन् । माक्स एम्प्रोन लगाएर काम गरीरहेका स्वास्थ्यकर्मी समेत कोरोनाको जोखीम छ ।भिड ब्यबस्थापन लाइ
सहज बनाउन स्वास्थ्यकर्मीलाइ नै सकस छ ।१७ जनामा चार जना मात्र ल्याब टेक्नीसियन छन् ।
भारतमा कोरोनामा भाइरसको संक्रमण तीब्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किन थालेका हुन् । भारतबाट फर्केकाहरुसँगै कोरोना गाउगाउमा नपुगोस् भन्नका लागि नाकामै कोरोना भाइरसको परीक्षणसमेत हुने गरेको छ। भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित
  • Nabintech