७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार
नेकपा एमाले बाकेको ८औं जिल्ला अधिवेशन
  • न्युज डेस्क

    २३ पुष २०७८, शुक्रबार

न्युज डेक्स.
नेकपा एमाले बाँकेको ८औं जिल्ला अधिवेशनको उद्घाटनसत्र शुक्रबार सम्पन्न भएको छ ।
पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा वलीले बाँकेसहित ६३ जिल्लाका अधिवेशन भर्चुअल बिधि मार्फत एकैचोटि उद्घाटन गरेका हुन । हिमाली जिल्ला र २ नम्बर प्रदेश बाहेकका भूगोल र विशेष गरी ६३ जिल्लाको अधिवेशन शुक्रबार एकैसाथ उद्घाटन गरिएको हो ।

उद्घाटन गर्दै अध्यक्ष वलीले जिल्लाको नेतृत्व चयनमा सकेसम्म सहमति गरेर जानुपर्ने बताए । उनले भने– ‘सकेसम्म जिल्लाको नेतृत्व चयन गर्दा सहमति गरेर जानुस, यदि सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस ।’

एमाले पोलिट्व्युरो सदस्य खेममान खड्काको विशेष आतिथ्यतामा बाँकेको उद्घाटन कार्यक्रम अगाडि बढेको छ । कार्यक्रममा एमाले केन्द्रिय तथा प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको छ ।

उद्घाटनशत्र पछि लगत्तै बन्द शत्र सुरु भएको हो जसमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो जसलाई पारित गरेपछि भोलीबाट नेतृत्व चयन प्रक्रिया अघि बढ्ने छ। सकेसम्म सहमतिमै नेतृत्व चयन हुने नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले बताए ।

जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री, अशोक कर्माचार्य ,पत्रकार डिल्ली बिसि, गोपाल गिरी र घननाथ खनाल बसन्ती अधिकारी पनि अध्यक्ष पदका आकन्क्षी रहेका छन्।

 

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित
  • Nabintech