१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
बाघको आक्रमणमा परी एक महिलाको मृत्यु
  • न्युज डेस्क

    २२ पुष २०७८, बिहीबार

डेस्क न्युज:
बाकेमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बाकेको राप्ती सोनारी गाउँपालिकाको सामुदायिक वनमा बिहीबार दिउसो वडा नम्बर ४ पर्सोना गाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको हो ।
बिहीबार पर्सोना गाउदेखि ४ किलोमिटर टाढा रहेको जलहन सामुदायिक वनमा घाँस काटिरहेको बेला लिलालाई बाघले आक्रमण गरेर ज्यान गएको हो ।

सयौंको संख्यामा घटनास्थल पुगेका स्थानीय र प्रहरीले बाघबाट शव छुटाउन इलाका प्रहरी कार्यालय धामपुरको टोलीले दुई राउण्ड हवाइ फायर गरेको धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले बताए ।

बाघको आक्रमण परी ज्यान गुमाएका लिला एक्लै घरमा बस्दै आएकी छन् । उनको घरमा चारवटा बाख्रा छन् । छोरा बुहारी मजदुरीका लागि भारत गएका छन् ।
बुधबार राप्ती सोनारी गाउँपालिका–४ कै ३० वर्षीया महिला दुर्गा थारुलाई बाघले आक्रमण गरेको थियो । थारुले बाघलाई खुर्पा प्रहार गरी भाग्न सफल भएकी थिइन् ।

 

  • २२ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech