१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
डुडुवाको गाउँसभा गर्ने सहमती, ताला खोलियो
  • न्युज डेस्क

    २८ मंसिर २०७९, बुधबार

 

(बाँके), २७ मसिंर । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ ।

कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याइनेछ, त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।

वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।

कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकार ंसंचालन ऐन २०७४ अनुसार विधी र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएका बताउनुभयो । आज भएको सहमती अनुसार सभा बसेमा सबै समस्या समाधान हुने उहाँको विश्वास छ ।

गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीनदिनदेखि कार्यालयमा तालाबन्दी गरि विरोधमा उत्रिएका थिए । गाउँसभाको मिति ताकिएपछि उनीहरुले विरोधका सम्पुर्ण कार्यक्रम स्थागित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरि ताला खोलिएको छ ।

नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ ।

  • २८ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech