७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
किसानको धान छिटो खरिद गर्न सरकारको ध्यानाकषर्ण गराउन ज्ञापनपत्र
  • न्युज डेस्क

    २५ मंसिर २०७९, आईतवार

(नेपालगन्ज)
सरकारले समयमा धान खरीद नगरेको भन्दै किसानका अगुवा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगेका छन् ।
आइतबार अखिल नेपाल किसान संघ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसी, नेपाल किसान संघका केन्द्रिय सदस्य धनमाया लुइटेल रिचाले सयुक्त रुपमा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगि किसानको धान छिटो खरिद गर्न सरकारको ध्यानाकषर्ण गराउन ज्ञापनपत्र बुझाएका हुन ।
अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुदा थप धान खरिद गर्नुपर्ने किसानहरुको माग छ । लुम्बिनी प्रदेश सरकारका पुर्व कृषि मन्त्रि आरति पौडेलले किसानको गुनासो समाधान गर्न सरकार उदासिन बनेको बताइन ।
तर बाकेमा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । जसमा मोटा ५ हजार कुण्टल धान खरिद गरिने छ भने २० हजार मध्यम धान खरिद गर्ने गरि परिपत्र आएको खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख राम शरण लामिछानेले बताए । गत वर्ष संस्थानले २२÷२३ सय क्विन्टल मात्र धान खरिद गरेको थियो ।
आर्थिक वर्ष २०७९÷८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ सरकार आफैले धानको न्युनतमा समर्थन मूल्य रुपैयँ तोकेको, त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयँ तोकिएको छ । सरकारले तोकेको समर्थन मुल्य अनुसार नै धान खरिद गरीने कार्यालय प्रमुख लामिछानेले बताए ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित
  • Nabintech