१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.काे २१अैा बार्षिक साधरणसभा सम्पन्न
  • न्युज डेस्क

    २४ मंसिर २०७९, शनिबार

ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जले शनिबार २१अैा बार्षिक साधरणसभा सम्पन्न भएकाे छ।         
संस्थाकाे अध्यक्ष अनिता पाैडेलकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा  अल्फान खाँन जिल्ला सहकारी संघ , उषा भण्डारी जिल्ला बचत तथा ऋण सहकारी संघ र संस्थापक अध्यक्ष आशामाया बजगाई,र भुपेन्द्र प्रधान सामाजिक जागरण अभियान केन्द्र सल्लाहकारहरूकाे आतिथ्यतामा जिल्ला समन्वय समितिकाे हलमा साधारण सभा सम्पन्न भयाे।
संस्थाका उपाध्यक्ष रेजिना मल्लले स्वागत मन्तव्य दिदै २१अैा साधारण सभा आउदा सहकारीले धेरै उतार चडाव आए तर शेयर सदस्यहरू देखाएकाे विश्वासले आज २१ साधारण सभा मनाउन सफल भएकाे छ र शेयर सदस्यहरूलाई समयमा बचत ,व्याज, किस्ता बुझाउदा, आह्वान गर्दै जस्ले गर्दा संस्थाकाे आर्थिक उन्नतीमा टेवा पुग्ने बताउनु भयाे।                                                         

कार्यक्रममा संस्थाका अध्यक्ष अनिता पाैडेल आ.ब ०७८/०७९मा सहकारीले  गरेकाे उपलब्धि भावी याेजना सम्भावना र चुनौतीका बारेमा जानकारी गराउनु भयाे।  यसै गरी संस्थाकाे प्रगती विवरण सचिव मेनुका वैश्य जाेशीले प्रस्तुत  गर्नु भयाे ,आर्थिक  बर्ष २०७८/२०७९ मा कुल शेयर सदस्य -८४४, कुल शेेयर पुँजी रू ३०,५९६८२| निक्षेप-रू २,२६६१९९४|, लगानी- रू २,१६८६४३०|  यस बर्ष संस्थाले रू १,१२,४१९|३४ नाफा कमाउन सफल भएकाे छ ।                                                     
उक्त कार्यक्रमा प्रमुख अतिथिज्युले संस्थाका सदस्य श्री जसबन्दी मगरनीज्यु  ज्येष्ठ नागरिक ,श्री शिसम श्रेष्ठ  ज्यूलाई वर्ष कै उत्कृष्ट बचतकर्ता  भनी सम्मान पत्रबाट सम्मानीत गरीयाे । संस्थाकाे स्थापना २०५९ साल जेष्ठ २४ गते २५ जना सदस्यहरूबाट सुरूवात भएकाे हाे ।                                                                           

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित
  • Nabintech