१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
पत्रकार सम्मेलन मार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै ढकाल र चौधरी ।
  • न्युज डेस्क

    १४ मंसिर २०७९, बुधबार

कोहलपुर  । बाँके क्षेत्र नं.१ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यद्वयले पत्रकार भेटघाट गरेका छन ।

नेकपा एमाले बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको आयोजनामा बुधबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो।
नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा आम मतदाताहरूलाई गरेका प्रतिवद्वताहरू पूरा गर्नका लागि आफू सधै प्रतिबद्ध रहेकाे बताएका छन् ।

ढकालले आफ्नो क्षेत्रमा भएका विशेष गरेर बिपन्न बर्गमा पर्ने जनताको आधारभूत स्वास्थ सेवा प्रभावकारी बनाउन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरले बाँके क्षेत्र नं.१ का नागरिकहरूलाई स्थानीय तहकाे सिफारिसमा निशुल्क उपचार गर्नका लागि पहल गरिएकाे बताएका छन् ।
ढकालले आफुले अबका पाँच बर्षमा तीन वटा मुख्य काम गर्ने बताएका छन् । पहिलो काम राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेल्दै निति निर्माण तहमा हस्तक्षपकारी भुमिकामा आफु उत्रने दोस्रो काम बिकासका योजना सबैभन्दा बढी आफ्नो क्षेत्रमा ल्याउन बिशेष पहल गर्ने र तेस्रो काम भनेको जनता सङ्ग आफ्नो सम्बन्ध पानी र माछा एवम् नङ र मासु जस्तै बनाउदै लैजाने बताएका छन् ।

त्यसैगरी बाँके क्षेत्र नं.१ प्रदेश ख का प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले ५ वर्ष भित्र बिबादास्पद हुने कुनै कार्य नगरिने उल्लेख गर्दै समृद्ध बाँके निर्माणमा आफू केन्द्रीकृत हुने उल्लेख गरे ।
चौधरीले सम्पुर्ण मतदातालाई गलत ठाउमा मतदान भएकाे छैन ढुक्क हुनुहोस् म राम्रो काम गरेर देखाउछु, भन्दै मतदान हाेईन मनकाे दान गर्नुभएकाे  छ । मनकाे दानलाई उच्च मुल्यांकन गरि आगामी कार्यदिशा तय गरि बिकास र निकासको काममा सदैब हजुरहरुकै सुझाब र सल्लाहलाई शिरोपर गरि अगाडि बढ्ने कुरा बताएका छन् ।

यस्तै उनले निर्वाचन अघि गरिएका बाचाहरू पूरा गर्ने प्रतिबद्धता सहित सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरु प्रती धन्यवाद ज्ञापन गरेका छन ।

यस्तै पत्रकार भेटघाट कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटीका संयाेजक बलराम भट्टराईले निर्वाचनमा साथ सहयाेग गर्ने सबैलाई मतदाता ,कर्मचारी ,पत्रकार ,नागिरक समाज राजनितिक दलहरूलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech