१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
नागरिक उन्मुक्ति पार्टीको लोकप्रियता बढदै, कांग्रेसका गौतम एमालेका ज्ञवाली र नागरिक उन्मुक्तिका थारुबीच त्रिकोणात्मक प्रतिस्पर्धा
  • न्युज डेस्क

    ३० कार्तिक २०७९, बुधबार

बर्दिया – यस पटक बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको चर्चा चुलिएको छ ।थारु बस्तीको बाहुल्यता रहेको यो क्षेत्रमा न्यायका पक्षमा थारु समुदायहरु एक भएका छन् । यसअघिका ६ वटै निर्वाचन लडेका बामदेव गौतम यो प्रतिस्पर्धामा छैनन् ।
गौतम नउठेपनि पनि रेशम चौधरीले नया पार्टी बनाएर उम्मेदवार उठाएका छन् । लामो समय व्यवसायिक पत्रकारितामा रहेका ठाकुरसिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य उठेका छन् ।
सो पार्टीले टीकापुर घटनापछि भएको दमनका बिरुद्ध न्यायको पक्षमा मुख्य चुनावी मुद्दा बनाएको छ । ‘हामी अन्यायविरुद्ध समानता र समावेशीको माग लिएर चुनावी मैदानमा छौ।’ थारुले भने उनले भने ,‘ जनताले न्यायका लागि भोट दिनेछन् ,।
रेशम चौधरीको पार्टीका उम्मेदवार ठाकुरसिंह थारु ठूला दलले झण्डा र प्रचार सामग्री घरघरमा राखे पनि मतदाताले आफूलाई जिताउने दाबी गर्छन् । उनले सार्वजनिक भाषणमै भन्ने गरेका छन्, ‘जुन पार्टीमा हुनुहुन्छ, त्यसैमा बस्नुस् । पार्टी बैठक भेलामा जानुस् तर अन्यायविरुद्ध संघर्ष गर्न ढकियामा भोट दिनुहोस ।’

सो क्षेत्रबाट सत्ता गठबन्धनबाट कांग्रेसका निवर्तमान सांसद सञ्जय गौतम उम्मेदवार छन् । एमालेका केन्द्रय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार छन् । ज्ञवाली नाताले वामदेव गौतमका बहिनीज्वाँसमेत हुन् ।
४ मंसिरको चुनावमा कांग्रेसका गौतम, एमालेका ज्ञवाली र नागरिक उन्मुक्तिका थारुबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।

६ महिनाअघिको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका तीन पालिकामध्ये एमाले, माओवादी केन्द्र र कांग्रेसले एक–एक पालिका प्रमुख जितेका छन् । बँसगढी नगरपालिकामा बहुमत वडाध्यक्षसहित जितेको एमाले बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा झिनो मतले प्रमुख हारेको छ । बढैयातालमा नौमध्ये ७ वडा जित्दासमेत अन्तर्घातका कारण एमाले जिल्ला अध्यक्षसमेत रहेका लालबहादुर श्रेष्ठ पराजित भए ।
गुलरियामा १७८ मतले अमरबहादुर खड्काले हारे । त्यसले सांगठनिक रूपमा बलियो रहेर पनि घात–अन्तर्घातका कारण एमाले समस्यामा देखिन्छ ।
स्थानीय चुनावमा यो क्षेत्रमा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरे पनि गठबन्धन दलहरूको समग्र मत भने धेरै छ । बर्दिया १ मा एमालेले ३६ हजार ८१२, कांग्रेसले ३४ हजार ६२२, माओवादीले २४ हजार ३४१, राप्रपाले ३ हजार १९०, जसपाले २ हजार २३७, नेकपा एकीकृत समाजवादीले १ हजार ६५२, लोसपा १५६ मत प्राप्त गरेका थिए । एक्लाएक्लै मतमा पहिलो भए पनि एमालेको मत गठबन्धनभन्दा थोरै छ । गठबन्धन कसिलो हुदा एमाले उम्मेदवारलाई चुनाव जित्न मुस्किल छ । ‘
बर्दिया १ का गाउबस्ती र बिजुलीका पोलमा पार्टीका झण्डा देखिन्छन् । तर, मतदातामा उत्साह भने कमै छ । वामदेव गौतमलाई हराएका सञ्जयको जुन चर्चा बितेका पाच वर्षमा भयो, त्यसको तुलनामा विकास निर्माणका काम भने हुन सकेन ।
डेढ वर्षअघि शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्दा गौतम मन्त्री हुने धेरैको अनुमान थियो । तर, कोइराला समूहका भनेर देउवाले उनलाई रोके । सांसद टिकटसमेत उनले गुमाइसकेका थिए । देउवा समूहका अरुणसिंह राठौरले मनोनयन गरिसकेपछि मात्र गौतमले हारगुहार गरेर बालुवाटारबाट टिकट ल्याएका थिए ।

एमालेका ज्ञवाली २०४७ मै पार्टीको बाँके बर्दिया नेतृत्व हाँकिसकेका नेता हुन् । कुशल संगठक, सरल र सादगी व्यवहारका कारण मतदाता आकर्षित गर्न सक्छन् । कांग्रेसका गौतम पनि झण्डै उस्तै स्वभावका छन् । उनी मतदातालाई ढोग्नसमेत पछि पर्दैनन् । यी दुवै नेताको जनसम्पर्क बलियो छ । त्यसैले व्यक्तिगत लोकप्रियताले उनीहरूको हारजितको निर्धारण हुने स्थिति छ ।

वामदेव गौतमलाई हराएर कांग्रेस पङ्तिमा वाहवाही कमाएका सञ्जय गौतम र तीन दशकभन्दा धेरै बर्दियाका गाउँबस्तीमा संगठन निर्माण गरेर बसेका लक्ष्मण ज्ञवालीबीचको चुनावी प्रतिस्पर्धा रोचक मात्र छैन, नतिजा आकलन गर्न मुस्किल हुने खालको छ ।
त्यसमाथि विगतमा एमालेनिकट रहेका पत्रकार ठाकुरसिंह थारुको उम्मेदवारीले यी माहोल बदलिएको छ । अथवा, रेशम चौधरीको पार्टीले यसपटक पनि २०७४ कै जस्तो जादु चले ढकीयाले जित निकाल्ने सम्भावना थपीएको छ

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित
  • Nabintech