१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
गाउँवस्तीमा पनि लोकप्रिय बन्दै डा. धवलसम्शेर
  • न्युज डेस्क

    २९ कार्तिक २०७९, मंगलवार

नेपालगन्ज,२८ कार्तिक–बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणा गाउँवस्तीमा लोकप्रिय देखिएका छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । बाँके क्षेत्र नं. २ क प्रदेश क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, कारकाँदो बासुदेवपुर, उदयपुर र डुडुवा गाउँपालिकाका छ वटै वडामा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणाको व्यक्तिगत लोकप्रियता बढ्दै गएको नेकपा एमालेका युवा नेता राजेन्द्र कँडेलले बताउनुभयो ।
उहाँका अनुसार,यी क्षेत्रमा हुने नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभामा स्वस्फूर्त रुपमा जनताको उपस्थिति ठूलो संख्यामा हुने गरेको छ । वडा नं. १९ बसुदेवपुर र वडा नंं.२० मनिकापुरमा  आयोजित संयुक्त चुनावी सभामा वृहत जनसहभागिता रहेको थियो ।
राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।
राप्रपाका केन्द्रीय महामन्त्री राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ ।
नेकपा एमाले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश ख मा एमालेका निरकबहादुर गुरुङको जित सुनिश्चित देखिएको छ ।
गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा करिव १० हजार मतले अगाडि रहनु भएको छ । दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकोले जित सुनिश्चित देखिएको हो ।
राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ । यो तथ्यका आधारमा पनि डा. धवलको जित सुनिश्चित रहेको छ । दुई पार्टीको चुनावी तालमेलका आधारमा प्रदेशसभा तर्फपनि यादव र गुरुङको जित सहज रहेको छ ।

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech