१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
नरैनापुरमा मतदाता शिक्षा प्रभावकारी बन्दै
  • न्युज डेस्क

    २८ कार्तिक २०७९, सोमबार

कार्तिक २८, बाँके

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरीकाबारे जानकारी गराउन पालिकाको ६ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ’– उहाँले भन्नुभयो ।
मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एकजना स्वयंसेवक परिचालन गरिएको बताउदै प्रमुख प्रशासकिय अधिकृत खरालले मंसिर १ गतेसम्म सबै वडा हुँदै घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गरिएको बताउनु भयो ।                                                             
उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।’ मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग–अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।
नरैनापुर गाँउपालिका अध्यक्ष शाहले भन्नुभयो,‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो ।’ उहाँले भन्नुभयो,‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’

  • २८ कार्तिक २०७९, सोमबार प्रकाशित
  • Nabintech