७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउ – किशोरसिंह राठौंर
  • न्युज डेस्क

    २५ कार्तिक २०७९, शुक्रबार

बाँके : नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।

बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले यस्तो बताएका हुन् । ‘संबिधान बचाउन र यो देशमा विकास तथा समृद्धि ल्याउनका लागि नै पाँच दलबीच गठबन्धन बनेको हो,’ उनले भने ‘संबिधानलाई जोगाउने हो र विकास तथा समृद्धि चाहिने हो भने यही गठबन्धनलाई आउँदो निर्वाचनमा जिताउन जरुरी छ ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गर्दा दुई पटक संसद विघटन गरेको ईतिहास जनतालाई राम्रोसँग थाहा भएकाले एमालेलाई मतदान गरेर जनताले गल्ती नगर्ने उनको विश्वास छ । बाँकेको क्षेत्र नम्बर ३ को विकास गर्नकै लागि आफु चुनाव लडेको नेता राठौंरले प्रष्ट्याए ।

नेपाली कांग्रेसले नेतृत्व गरेको बैजनाथ गाउँपालिका अध्यक्षको विशेष पहलमा भुमिहिन, सुकुम्बासीका लागि मालपोत कार्यालय बाँकेले आवश्यक प्रक्रिया अगाडी बढाइसकेको उनले बताए । सो क्रममा अधिकांस मतदाताले बाँके क्षेत्र नम्बर ३ को विकासका लागि राठौरको उम्मेदवारी आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित
  • Nabintech