११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
राप्रपा र एमालेका उम्मेदवारको चुनावी माहोल
  • न्युज डेस्क

    २० कार्तिक २०७९, आईतवार

नेपालगन्ज –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै जाँदा बाँके क्षेत्र नं २ मा राप्रपा र एमालेका उम्मेदवारको पक्षमा चुनावी माहोल बनेको छ । नेकपा एमालेले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश मा एमालेका निरकबहादुर गुरुङको जित सुनिश्चित देखिएको छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा करिव १० हजार मतले अगाडि रहनु भएको छ ।                                b                                                                                                  दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकोले जित सुनिश्चित देखिएको हो ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ । यो तथ्यका आधारमा पनि डा. धवलको जित सुनिश्चित रहेको छ । दुई पार्टीको चुनावी तालमेलका आधारमा प्रदेशसभा तर्फपनि यादव र गुरुङको जित सहज रहेको छ ।
राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।
२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उम्मेदवार राणाले मेयर हुँदाको जस्तै सांसद भएपछि पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गर्नुभएको छ ।  भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका हुनु भएको छ ।
राप्रपाका केन्द्रीय महामन्त्री राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण  राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ । राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गर्नुभयो ।
राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो ।

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित
  • Nabintech