८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
जसले चार हजार युवालाई स्वरोजगार बनाए
  • न्युज डेस्क

    २० कार्तिक २०७९, आईतवार

नेपालगन्ज-  पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले आफुले आफनो निजि लगानीबाट नेपालगन्जका चार हजार युवालाई स्वरोजगार बनाएको दावी गर्दै ती चार हजार परिवारको आर्थिक अवस्थामा सुधार आएको खुलासा गरेका छन् ।
उनले शनिवार स्थानीय मेजेस्टिक पार्टी प्यालेसमा आयोजित नेपालगन्जका युवाहरुको एक बृहत्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरका चार हजार युवालाई विना धितो ऋणमा ब्याट्री रिक्सा दिएर रोजगार प्रदान गरेको सुनाए ।
उनले आफुले व्यवसायीक प्रयोजनका लागि रिक्साको कारोबार गरेपनि धेरै युवा बेरोजगार रहेको देखेर चार हजार जनालाई बिना धितो ऋणमा ब्याट्री रिक्सा उपलब्ध गराएको बताए।
ती मध्ये कसै कसैले केही रकम दिएर रिक्सा लगेको र अधिकांशले उधारोमा रिक्सा लगेर अझै पनि किस्ता बुझाईरहेका छन् । रिक्सा पाएपछि ती चार हजार परिवारलाई घर चलाउन सहज भएको उनको भनाई छ ।
पुर्वमन्त्री राईका अनुसार आफुले शुरु गरेको व्यवसायकै कारण अहिले नेपालगन्जमा करिब १० हजार ब्याट्री रिक्सा सञ्चालनमा रहेको र दस हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
युवालाई सबैभन्दा बढी चिन्ता रोजगारीकै हुने गरेकोले आफु सो तर्फ सधैं सचेत रहेको जनाउदै उनले पढाई लेखाईमा अव्वल भएर लोकसेवा लगायतका परिक्षामा सहभागि हुन युवालाई आग्रह समेत गरे ।
सयौंको संख्यामा भेला भएका युवालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले जिल्ला र नगरको बिकास भएमा आफै धेरै रोजगारका अवसरहरु सृजना हुने र धेरै युवाले धेरै काम गर्न पाउने तथा विभिन्न व्यवसाय समेत सञ्चालन गर्न पाउने हुँदा रोजगारीका लागि पनि बिकास पहिलो शर्त भएको बताए ।
सोही कारणले आफुले सधैं बिकासको मात्र राजनीति गरेको र नेपालगन्जको मुहार फेर्ने कार्य गरेकोले अहिले यो सहरमा धेरै रोजगारी पनि सृजना भएको दावी गरे ।
धर्म र जातियताको नाममा समाजलाई बिथोल्न खोज्नेहरुसंग युवाहरु सचेत हुनुपर्ने र अरुलाई समेत सचेत पार्नु पर्ने कुरामा पनि पुर्वमन्त्री राईको विशेष जोड थियो ।
सो कार्यक्रममा बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा जसपाबाट उम्मेदवार रहनुभएका आदेश अग्रवाल, मोहम्मद शोयब अन्सारी लगायतले पनि बिकासको पक्षमा मतदान गर्न युवालाई अनुरोध गरे ।
सो अवसरमा जसपाका नेताहरु अतहर हुसैन फारुकी, समानुपातिकका उम्मेदवार तबस्सुम अन्सारी, वरिष्ठ अडिटर तथा समाजसेवी जुबेर राई र युवा नेता अब्दुल अजिज लगायतको पनि उपस्थिति रहेको थियो । सो अवसरमा स्थानीय निर्वाचनमा वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार युवा नेता अब्दुल अजिजले राप्रपा परित्याग गरि उहाँको नेतृत्वमा २५० जना युवा जसपामा प्रबेश गरेका थिए ।

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित
  • Nabintech