७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
इश्तियाकराईको वाचा ः मतदाताको भरोसा खरो उत्रने छु
  • न्युज डेस्क

    १९ कार्तिक २०७९, शनिबार

बाँके।जनता समाजवादी पार्टी नेपाल बाँकेले निर्वाचन क्षेत्र नं२मा शनिबार पनि बिहानै देखि चुनावी कोण सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ।
पहिलो चरणको घरदैलो अभियानका क्रममा मतदाताका घर घरमा पुगि सकेका क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाकराई प्रचारप्रसारमा क्रियाशील कार्यकर्ता हरूले मतदातालाई सही उम्मेदवार छान्न र सहीतरिकाले मतदान गर्न पनि सिकाइ रहेका छन्।
मतदाता सँग भोट अपिल गरि रहेका उम्मेदवारराईले यसपालिको चुनाव विकास, सद्भाव भाइचारा र सामाजिक सद्भाव भड्काउनेहरू बीच भइ रहेको भन्दै अबसमृद्धिर विकासलाई फेरि निरन्तरता दिन अग्रहगरेका छन्।
उनले दल बल र गठबन्धनको शक्तिले फैलाएका भ्रमहरूको पछिनलाग्न र सही व्यक्तिलाई चुन्न पनि अपिल गरे।
‘हामी यही लोकतन्त्रका लागि लडेका हौं।यही अपनत्वर समानुपातिक प्रतिनिधित्व अनि आफ्नो पहिचानका लागि हाम्रा मधेसी नागरिकले आफ्नो रगत बगाएका हुन्’उनले भने‘फेरि पनि यो व्यवस्था लाई हामीले प्राप्त गरेका उपलब्धी हरूलाई मास्नका लागि चुनाव लड्नेहरू पनि तपाईंका घरदैलोमा आएका छन्।हामीले उनीहरूलाई राम्रो सँग चिन्न जरुरी छ।’
उम्मेदवारराईले जसपार आफ्ना उम्मेदवारहरू प्रतिमतदाताले अगाध उत्साह देखाएको भन्दै त्यो विकासको उत्साहलाईआफूले सधैं शिरोधार्य गर्ने बाचा पनि गरे।
‘मेरो लागि गठबन्धन भने पनि, चुनाव जित्ने शक्ति भने पनि तपाईं आम मतदाताहरूले देखाउनु भएको यहीअगाधविश्वास, प्रेम, उत्साहर हामीप्रतिको विश्वास हो’उनले भने‘हामी तपाईंहरू सँग वाचा गर्छौं कि तपाईंहरूले जिताएका कुनै पनि उम्मेदवारहरूले यो विश्वासलाई धोका दिने छैनौं।’
पहिलो चरणको आक्रामक घरदैलो अभियान सके र जसपा बिहीबार देखि नै चुनावी कोणसभा रआमसभाहरूमा जुटेको हो।यो सँगै मतदाता भेटघाट कार्यक्रम पनि निरन्तर चलिरहेको जसपा क्षेत्र नं२ काे चुनावी प्रचारप्रसार समितिले जनाएको छ।
यस क्रममा विभिन्नपार्टी परित्याग गरी करिब १०० जना भन्दा बढी जनतासमाजवादी पार्टीमा प्रवेश गरेका थिए।उनीहरूलाई जसपा नेता तथा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई तथा प्रदेश सभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाल लगायतले स्वागत गरेका थिए।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech