८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
बिकासको एजेण्डा होइन खाका सहित जनताको घरदैलोमा
  • न्युज डेस्क

    १९ कार्तिक २०७९, शनिबार

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार नेपालगन्जका युवा उद्यमी विनोद अग्रहरीले आज शनिवार आना एजेण्डा सार्वजनिक गरेका छन् । त्यसलाई उनले आफुले पुरा गर्नसक्ने वाचापत्र भनेका छन् ।
पुरानो सोंचबाट मुलुकले उपलब्धी पाउन नसक्ने भएकाले आफु अग्रसर हुनुपरेको बताउदै आएका अग्रहरीले विकाससँगै जनअपेक्षा र आवश्यकतामा आधारित रहेर एजेण्डा बनाइएको बताए ।
‘पुराना पार्टी र पुराना सोंच भएकाहरुबाट कुनै उपलव्धी हासिल हुने सम्भावना देखिएन ।’अग्रहरीले समृद्ध बाकेको लागि बाचा पत्र सार्वजनिक गर्दै भने, ‘यो देश बनाउने अभियान हो ।’
अरु उम्मेदवारहरु बिकासको एजेण्डा बोकेर हिडिरहेका बेला उनि भने बिकासका लागि खाका नै तयार पारेर मत मागिरहेका छन् ।
शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई मुख्य बाचापत्रमा अग्रहरीले उल्लेख गरेका छन । समस्या मात्र देखाएर आफुले जनतासंग साथ नमागेको बताउदै उनले समस्याको समाधान सहित जनतामाझ पुगिरहेको बताएका थिए ।
अग्रहरीले बँके जिल्लाको खस्कँदै गएको आर्थिक, सास्कृतीक अवस्था देखेर युवा पुस्तालाई चिन्तित बनाएको भन्दै यसलाई सुधार गर्न आफुले प्रतिनिधि सभामा उम्मेदवारी दिएको सुनाए ।
बँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका अग्रहरीले नेपालगंन्जका वडाहरुमा घरदैलोमै ब्यस्त छन् । अन्य दलहरुले घरदैलो भर्खर सुरु गर्दा आफुले आधा जति मतदाताको घरमा पुगिसकेको बताउदै उनले जनताको चाहना परिवर्तन रहेकोले आफनो पक्ष बलियो बनिरहेको बताए ।
‘म एक्लै पनि मतदाता कहाँ भोट माग्न गइरहेको छु, तर अन्य उम्मेदवार भने लावालस्कर लिएर गएको देखे–सुनेको छु’, अग्रहरीको तर्क छ, ‘यदि राम्रो नेता हो र जनताकोलाई केहि राम्रो काम गरेको हो भने जनताकहा एक्लै जान सक्नुपर्छ ।’
अग्रहरी घरदैलोमै छन् । अन्य दलहरुले घरदैलो भर्खर सुरु गर्दा आफुले आधा जति मतदाताको घरमा पुगिसकेको बताउँदै उनले जनताको चाहना परिवर्तन रहेकोले आफनो पक्ष बलियो बनिरहेको बताए । विहीवारसम्म अग्रहरीले १७ हजार बढि मतदातालाई घरमै पुगेर मतदातालाई भेटेको बताए ।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech