२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
मनकारी प्रहरी –जो सामाजीक काममा रमाउछन्
  • न्युज डेस्क

    ३ कार्तिक २०७९, बिहीबार

(नेपालगन्ज)े
मनकारी प्रहरको उपनाम पाएका कुल बहादुर बिक सामाजीक काममा रमाउछन् । प्रहरी पोशाकमा भएपनि उनि सामाजीक अभियानमै जुटेका हुन्छन् । इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज रहेका प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले फेरी हराएका एक तिन बर्षिय बालक लाइ परिवार संग भेट गराएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका तीन बर्षिय बालक हस्नेत राईलाई सीमावर्ती बजारमा फेला पारेर उनका अभिभावकलाई बुझाईको इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज प्रहरी सहायक निरीक्षक रहेका विकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय जमुनाहले हराएको बच्चा फेला पारेर सम्बन्धित परिवारको जिम्मा लगाएको हो । हस्नेत राई रुपइडिहा बजारमा रोइरहेको फेला पारेपछि स्थानीय अहेमेहबुबले ति बालकलाई जमुनाह प्रहरीलाई बुझाएका थिए । ‘हामीले बालकलाई उनका आमा सोनी राईको जिम्मा लगाएका छौ ’असई विकले भने,ंजनको सुरक्षा हाम्रो प्रमुख कर्तब्य हो ।’

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित
  • Nabintech