१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बर्दियाकाे गुलरिया र बारबर्दिया नगरपालिका जाेड्ने जब्दिघाटकाे पुल बगायाे ।
  • न्युज डेस्क

    २२ आश्विन २०७९, शनिबार

बर्दिया – अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । ४ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शुक्रबार राती  बाढीले बर्दियाको सदरमुकाम गुलरीया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बगाएको हो ।
गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाउँदा स्थानियलाई सदरमुकाम आवत जावत गर्न कठिनाई भएको छ । उक्त पुल निमार्णकालागि सडक डिभिजन कार्यालय बाँकेले पप्पु कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।
पप्पु कन्स्ट्रक्सनद्धारा निर्माण गरिएको उक्त पुलको निमार्ण कार्य सम्पन्न भएर हस्तान्तरण नहुँदै २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बीच भागको पिलर धस्सिएपछि पुल क्षतिग्रस्त भएको थियो ।  निर्माण भएदेखि नै पिलर भासिएर कम्जोर बनेको उक्त पुललाई केही दिनयताको लगातारको वर्षाले बीचबाटै बगाएको छ ।
बर्दियाको बबई नदिको सतह बढ्ने क्रममा आजभन्दा विगत ८ वर्ष पहिला क्षतिग्रस्त बनेको उक्त पुलको बीच भागको स्पान र स्पर पिलर पनि यस वर्षको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित
  • Nabintech