७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
साँच्चिकै स्थानीय सरकार भएको महसुस गर्दै खजुराबासी
  • न्युज डेस्क

    १३ आश्विन २०७९, बिहीबार

बाँके- खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुर निवासी सफिकुल खा गर्भवती भयेर दोस्रो बच्चा जन्माउन भेरी अस्पतालमा गएकी थिईन। तर उनलाई मुटुको समस्या देखिए पछि अप्रेसन गर्ने खतरा भएकोले भेरी अस्पताल को चिकित्सककाे सल्लाह अनुसार निजलाइ २०७९भदौ २७ गते शिक्षण अस्पताल काठ्मान्डौमा रिफर गरिएकाे थियोे। गर्बवती सफिकुल खाँ उपचार गर्ने स्थित नाजुक भएकाे अबस्थामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय र स्वास्थ्य शाखा खजुरा को पहलमा नि: शुल्क उपचारकाे ब्यसथापन गर्न सफल भएका थिए। साथै एम्बुलेन्सको ब्यस्थापन पनि खजुरा गाउँपालिका बाट गरिएकाे खजुरा स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले जानकारी दिए। २०७९ भदौ २९ गते गर्बपती साफकुल खाँकाे मुटुको सल्यक्रिया भएकाे थियोे । सल्यक्रिया पछि साफकुल खाँले छाेरा जन्माई अहिले बच्चा र आमाको अवस्था ठिक रहेकाे स्वास्थ प्रमुख ढकालले जानकारी दिए । एम्बुलेन्स व्यवस्थापन आर्थिक सहयोग खजुरा गाउँपालिकाले एक कार्यक्रम बिच श्रीमान सुफियान खाँलाइ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले हस्तान्तरण गर्दै गर्बवती महिला बचाउने कार्य गाउँपालिकाकाे दायित्व रहेकाे र गर्बवती सफिकुल खा र बच्चालाई समयमै बचाउन सहयाे गर्ने सबैलाई धन्यवाद दिए ।यस्ता जटिल समस्या समयमै उपचारका पाए मानिसको ज्यान बचाउन सकिने र खजुराका जनताको कुनै पनि समस्या खजुरा सरकारले सहयोग गर्ने अध्यक्ष विकले जानकारी दिनुभएको छ। साफकुल खाँका श्रीमानले समयमै आफ्नो श्रीमतीको ज्यान बचाउन सहयाेग गर्ने खजुरा गाउँपालिकालाई धन्यवाद दिदै।साँच्चिकै स्थानीय सरकार रहेको अहिले महसुस भएकाे र समस्याकाे समधान गर्ने पनि उनकाे भनाइ रहेको थियोे ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित
  • Nabintech