१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुदा जेष्ठ नागरीक खुशि
  • न्युज डेस्क

    १३ आश्विन २०७९, बिहीबार

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको वडा नं २३ मा वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि जेष्ठ नागरीक खुशि भएका छन् । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका हुन। उपमहानगरले मंगलबार देखि डा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि वृद्धवृद्धालाई निकै सहज भएको छ ।
वडा नम्बर २३ का वडा अध्यक्ष अब्दुल गफफार ले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए। कोहि हिडन नसक्ने अवस्थाका पनि छन् । उनले भने,तिन किलोमिटर भित्र नै गाउहरु छन् बैक जानु पर्ने बाध्यता हटयौ ’पहिलो चोटी वडा बाट भत्ता बितरण भएको हो ।
जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिदा आफूहरुलाई थप खुशि मिलेको बताए।
वडा नम्बर २३मा का ३ सय ५०जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ ।मंगलबार एक सय २० जनाले भत्ता लिएको वडा सचिव भुपिन्द्र कडेल बताए ।
बैकले अहिले सम्म उपमहानगररको १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको जनाएको छ ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित
  • Nabintech