१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
१५ वर्षिय बालिकाले अस्पतालमा आत्महत्या
  • न्युज डेस्क

    ११ आश्विन २०७९, मंगलवार

बाँके- बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक बालिकाले आत्महत्या गरेकी छन । सल्यान कालिमाटि गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षिय संगिता बुढाथोकीले दिउसो १२ ः ४५ बजेको समयमा अस्पतालको छतमा गई ढोकाको हेन्डिलमा पासो लगाइ आत्महप्ता गरेकी हुन ।

असोज ६ गते मात्र मृतक बुढाथोकी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन । उनलाई पाठेघरको क्यान्सर भएको थियो । जेष्ठ महिनाबाट विरामि परेकी थिइन । विरामि परेपछि उनका आमा भुमा बुढाथोकीले उपचार गराउने क्रममा खजुराको क्यान्सर अस्पतालमा भर्ना गरेर उपचार गराइरहेकी थिइन ।

अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यका अनुसार विरामिलाई किमो चढाइरहेको थियो । जटिल अवस्था रहेपनि विरामिको स्वास्थ्य अवस्था भने सुधारहुदै थियो । तर एक्कासी विरामिले नै यस्तो निर्णय लिएपछि अस्पताल परिवार पनि दुखित बनेको डा. आचार्यले बताए । इलका प्रहरी कार्यालय धनौलीका प्रहर िनिरिक्षक प्रेम प्रसाद रेग्मीका अनुसार मृतकलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

  • ११ आश्विन २०७९, मंगलवार प्रकाशित
  • Nabintech