१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बर्दियाका खेलाडीहरु विश्वको सर्वोत्कृष्ट खेलाडी बन्नु पर्छः एमाले सचिव
  • न्युज डेस्क

    ७ आश्विन २०७९, शुक्रबार

बर्दिया – नेकपा एमालेका सचिव एवं पुर्व पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले बर्दियाका फुटबल खेलाडीहरुलाई फुटबलबाटै आफ्नो जिल्लाको नाम विश्वमा चिनाउनकालागि सर्वोत्कृष्ट खेलाडी बन्न सुझाव दिएका छन् । माछापुच्छ्रे युवा क्लव भोलागौडीको आयोजनामा शुक्रबार बढैयाताल गाउँपालिका वडा नं. ३ भोलागौडीमा खुला जिल्ला फुटबल प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै नेता भट्टराईले पछिल्लो समय नेपालमा फुटबलले फड्को मारेको भन्दै प्रतियोगितामा सहभागि खेलाडीहरुलाई उनले यस्तो सुझाव दिएका हुन् ।  बर्दियाले फुटबल लगाएत अन्य विधाका खेलहरुमा पनि राम्रा राम्रा खेलाडीहरु जन्माएको बताउँदै एमाले सचिव भट्टराईले खेलको माध्यमबाट बर्दियाको नाम राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा नै चिनाउन आग्रह समेत गरेका थिए । उनले भने,‘बर्दियाका खेलाडीहरु कोही भन्दा कमका छैनन् तर आफ्नै जिल्लामा मात्र खेलेर हुँदैन तपाईँहरुले अब आफ्नो जिल्लाको नाम यो देशमा मात्र नभईर पुरै विश्वमा नै चिनाउन आवश्यक छ ।’ उनले अगाडी थपे,‘अहिले नेपाललाई विश्वमा चिनाएकै खेलले हो । म चाहान्छु बर्दियाका खेलाडीहरुले विश्व रेर्कडमा आफ्नो जिल्लाको नाम लेख्न सफल होऊन् ।’

उक्त खुला जिल्ला प्रतियोगिताको पहिलो दिन बाँके र बर्दिया गरी १६ वटा क्लवले सहभागिता जनाएका छन् । उक्त प्रतियोगिताको शुरुको दिनमा कण्ठपुर युवा क्लव, मैनाबौरी युवा क्लव मैनापोखर, आकर्षक युवा क्लव मैनापोखर, योंग स्टार राईट्स क्लव डाँफे, शिवशक्ति युुवा क्लव फुटाहा, जनजागृति युवा क्लव ताराताल, मैत्रीभाव युवा क्लव गेरुवा, नेपालगञ्ज ११, धम्बौझी १, संघारी युवा क्लव नेपालगञ्ज, सिन्धुरी युवा क्लव सिन्धुरी बाँके, शान्ति युवा क्लव बर्दिया माछापुच्छ्रे युवा क्लव आयोजक र रेस्लिंग सारक कोहलपुर गरी १६ वटा क्लवले प्रतियोगीतामा भाग लिएका छन् ।

खेल प्रेमी खेलाडीहरुलाई कुुलतमा फस्न र अन्य अपराध जन्य गतिबिधीमा लाग्नबाट जोगाउनकालागि खेलको आयोजना गरिएको क्लवका सचिव मुकुन्द शर्माले बताए । उनका अनुसार प्रतियोगिता विगत ७ वर्ष देखि सञ्चालन गरिंदै आईएको छ । विगतमा अन्य विधाका खेलहरु खेलाईएको थियो भने यो वर्षदेखि प्रथम बढैयाताल खुला फुुटबल प्रतियोगिताको आयोजना गरिएको शर्माले बताए । खेलाडीहरुले खेलको माध्यमबाट आपसी सदभाव कायम गर्नकोलागि प्रत्येक वषै झैं यस वर्षपनि प्रतियोगिताको आयोजना गरिएको उनले बताए । शर्माका अनुसार ७ असोजबाट शुरु भएको उक्त प्रतियोगिता १६ असोजसम्म खेलिनेछ । प्रतियोगितामा सहभागिताकालागि भारतीय क्लवका खेलाडीहरुलाई पनि खबर गरिएको तर केही प्राविधिक कारण सहभागि हुन नसकेको सचिव शर्माले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख र दितिय हुने क्लवलाई रु ५१ हजार धनराशी सहित शिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको माछापुच्छ्रे क्लवका सचिव शर्माले हिमालय न्यूज हबलाई जनाकारी दिए ।  पहिलो खेल अन्तर्गत आज (शुक्रबार) शिव शक्ति युवा क्लव फुटाहा र आर्कषक युवा क्लव मैनापोखरबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा शिव शक्ति युवा क्लव फुटाहाले शुन्यका विरुद्धमा ४ गोलले आर्कषक युवा क्लव मैनापोखरलाई हरायो ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech