१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
आल्मुनियम फेब्रिकेटर र प्लम्बर तालिम सम्पन्न
  • न्युज डेस्क

    ७ आश्विन २०७९, शुक्रबार

नेशनल मानस विकास ट्रेनिङ ईन्स्टिच्युटको आयोजनामा र युरोपियन युनियनको आर्थिक सहयोगमा र UNDP Skills र नेपाल सरकारको सहभागितामा संचालित १ सय ६० घण्टे आल्मुनियम फेब्रिकेटर र प्लम्बर तालिमका सहभागीहरूलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ ।

विदेशबाट फर्किएका नेपालीहरूका लागि रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित एक महिने तालिमका सहभागीहरूलाई सोमबार प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष तरूण बज्राचार्यको प्रमुख अतिथिमा र रिटर्निग नेपालकी केन्द्रिय सदस्य हिरा खरालको बिशिस्ट अतिथिमा र नेशनल मानस विकास ट्रेनिङ ईन्स्टिच्युटका निर्देशक डम्बर भण्डारीको अतिथिमा प्रमाणपत्र तथा औजार हस्तान्तरण कार्यक्रम संचालन भएको थियो ।

प्रमाणपत्र तथा औजार हस्तान्तरण कार्यक्रममा सहभागीहरूलाई रिटर्निग नेपालकी केन्द्रिय सदस्य खरालले प्रमाणपत्र दिएकी थिइन भने प्रमुख अतिथि बज्राचार्यले औजार हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर १२ का वडाअध्यक्ष तरूण बज्राचार्यले भन्नुभयो – विदेश जानुपक्कै पनि कुनै पनि मान्छे रहरले होइन बाध्यताले जाने गर्छ, त्यसैले सीप भएपछि जो कोहीले पनि अफ्नै देशमा मेहनत गरेर गरि खान सक्छ । म अफै पनि युवा हुँ त्यो नाताले म चाहन्छु हाम्रो देशका कोही पनि युवा बिदेश जानू नपरोस् ।

उहाँले तालिममा सहयोग गरेकोमा नेपाल सरकारलाई पनि धन्यवाद दिँदै अगामी दिनहरूमा यस्ता तालिमहरूमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएका थिए ।

उक्त कार्यक्रममा आल्मुनियम फेब्रिकेटर र प्लम्बर गरि ४० जना सहभागीहरूलाई प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको थियो भने कार्यक्रमको समापन एवम् कार्यक्रम संचालन नेशनल मानस विकास ट्रेनिङ ईन्स्टिच्युटका निर्देशक राकेश रोशन धमालले गरेका थिए ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech