१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
२ करोड ९५ लाख रूपैयाँ भवन निर्माण
  • न्युज डेस्क

    ३१ भाद्र २०७९, शुक्रबार

नेपालगन्ज- नेपालगन्ज स्थित ब्लड बैंकको आफ्नै सुविधा सम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गर्नुभएको छ। यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ।

अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ। विनियोजित बजेटमध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणम खर्चिने भएको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयअनुसार नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech