१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
संघ र प्रदेश निर्वाचनमा बादि समुदायको प्रतिनिधीत्व सुनिश्चत गर्न माग
  • न्युज डेस्क

    २७ भाद्र २०७९, सोमबार

नेपालगन्ज
नेपालगंन्जमा भेला भएका बादी समुदायले संघ र प्रदेश निर्वाचन बाट बादि समुदायको प्रतिनिधीत्व सुनिश्चत गर्न माग गरेका छन् ।
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालगंन्जको आयोजनामा नगरमा रयाली गर्दै सोमबार पत्रकार सम्मेलन गरेर वादि समुदायले दलित भित्र पनि पछाडी परेको वादी समुदायको उत्थानका लागि संघ र प्रदेशमा प्रतिनिधित्वको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनिहरुले जनसंङ्गख्याको रुपमा गरीने समानुपातिक प्रतिनिधीत्वले वादी समुदाय लाइ नसमेटेको बताए ।
बिभिन्न जिल्लामा पाटिहरु बाट सिफारीस भएकाहरु समानुपातिक रुपमा मात्र नभएर ,न्यायोचीत रुपमा सामाजिक न्यायको सिद्धान्तको आधारमा वादी समुदाय लाइ समाबेश गराउनुपर्छ ।’ राष्ट्रिय वादी संजालका अध्यक्ष केशव नेपालीले भने ,सिफारीस मात्र होइन् ।बन्दसुचीमा पारेर वादि समुदायको सहभागिता सुनश्चित गर्न माग गर्दछौ’
सेफ नेपाल बाकेका अध्यक्ष शुकलाला नेपालीले बादि समुदायको समग्र बिकासका लागि संसदमा बादि समुदायको प्रतिनिधीत्व अपरिहार्य रहेको जिकीर गरे ।
बादि समुदायको हितका लागि सरकारले वादी समुदाय संग भएका सम्झौता ,सन्धीहरु अझै कार्यन्वयन भएका छैनन् ति त्यसै थन्कीएका छन् । सेफ नेपाल बाकेका अध्यक्ष नेपालीले भने,‘कानुन बनाउने ठाउमा बादि समुदायको प्रतिनिधीत्व भएमा कानुन बनाएर त्यो लागु गर्न दबाब पुग्थ्यौ ’

बादि समुदायकी अगुवा सुसीला नेपालीकी वादि समुदायका महिलाहरु अझै पनि एकल महिला भत्ता पाउन नसकेको बताइन् । ‘वादि समुदायको महिलाको आफनै सवाल छ । उनिहरुको सवाल लाइ सम्बोधन गर्न वादि समुदाय कानुन बनाउने ठाउ सम्म पुरयाउन आवश्यक छ ’

कमिट नेपालका अध्यक्ष प्रकाश वादीका अनुसार भेलामा लुम्बिनी प्रदेशभरका वादी समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

 

  • २७ भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech