१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
डेंगु रोग रोकथाम र नियन्त्रणका लागि वडामा सरसफाइ अभियान
  • न्युज डेस्क

    २५ भाद्र २०७९, शनिबार

(नेपालगन्ज)
नेपालगन्ज उपमहानगरपालिकाल वडा नं ४ ले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामुलक र प्रचारात्मक अभियान संचालन सुरु गरेको छ ।
शनिबार नियमीत रुपमा सरसफाइ अभियानमा जुटदै आएको वडाले सरसफाइ अभियान संगै डेंगु रोकथाम अभियान सुरु गरेको हो ।
वडा नम्बर ४ को आयोजनामा नियमित विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा ५० जना सरसफाईकर्मिको उपस्थिति रहेको थियो ।
लामखुट्टेको टोकाईबाट हुने डेङ्गु प्रजाति रोग फैलिनबाट जोगाउन पनि सरसफाई अनिवार्य भएकोले सबैले आ–आफनो क्षेत्र वरिपरि सरसफाई गर्न र गराउनका लागि जनचेतना फैलाउन प्रचा समेत वितरण गरिएको छ ।

वडा अध्यक्ष गोपाल पुनले सरसफाइ संगै डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि वडा क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधीमा जोड दिइएको बताए ।

अहिले बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधी सेवन नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित
  • Nabintech