२२ असार २०८२, आईतवार
२२ असार २०८२, आईतवार
बाकेका पत्रकारको नि:शुल्क मृगौला परिक्षण
  • न्युज डेस्क

    २५ भाद्र २०७९, शनिबार

(नेपालगन्ज)
प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाकेका पत्रकारको शनिबार नि:शुल्क मृगौला परिक्षण गरिएको छ ।
पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह–आयोजनामा ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको हो । बाकेका अधिकांस पत्रकारको मृगौलामा समस्या देखिएको छ ।
अस्पतालका म्यानेजर किरण ऐरीका अनुसार रेडियोलोजिष्ट डा. रबि भुषणप्रसाद चौरसिया, प्याथोलोजिष्ट डा. सर्मिला गुप्ता, डा. दिपक जैसवाल, डा. सुभम गुप्ता लगायतको टिम पत्रकारहरुको उपचारमा खटिएका थिए । तर, परिक्षण गराएका केहीको मृगौला अवस्था सामान्य भएपनि अधिकांस पत्रकारमा पथ्थरी,फयाटी लिभर(ग्रेट वान/टु), मृगौला सुन्निएको, मृगौला र पिसाबमा इन्फेक्सन, सुगर लगायत समस्या देखिएको म्यानेजर ऐरीले बताए ।
पत्रकारको मृगौला परिक्षण गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर, वरिष्ठ पत्रकार जे. पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकार महासंघ बाकेका पुर्वअध्यक्ष निरज गौतम, जिल्ला सचिव कमल डागी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्ताको योगदानबारे चर्चा गरेका थिए ।

 

 

 

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२