१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
दलित महिला जनप्रतिनिधिको प्रदेश स्तरीय भेला नेपालगंन्जमा
  • न्युज डेस्क

    २४ भाद्र २०७९, शुक्रबार

(नेपालगन्ज)
स्थानीयतहमा निर्वाचित दलित महिलाहरुले आफनो नेतृत्व बिकास गर्दै सिङ्गो दलित समुदायको सवाल लाइ स्थापीत गराउन भुमिका खेल्नुपर्ने सरोकारवालाले बताएका छन् । जातिय छुवाछुत र लैगिङ्ग हिसा अन्तयका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भुमिका बिषयक लुम्बिनी प्रदेश स्तरीय सम्मेलनमा सहभागि सहभागिहरुले सो कुरा बताएका हुन् ।
दलित महिलाको अधिकारका लागि काम गर्ने संस्था दलित महिला संघ (फेडो) ले आयोजना गरेको प्रदेश स्तरीय भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य पार्वति पुन (उषा)ले जातीय र लैंगिक आधारमा कसैमाथि विभेद नहुदा मात्रै मुलुकको विकास हुने बताइन् ।
प्रदेश ५ का स्थानीय तहको निर्वाचित दलित महिलाहरूको भेलामा बोल्दै सभासद पुनले दलित समुदायको उत्थानका लागि दलित महिलाको सशक्तीकरण आवश्यक रहेको बताइन।्
‘तपँइहरु जनता बाट अनुमोदीत भएर आज निर्वाचित हुनुभएको हो यो तपाइहरुका लागि एउटा अवसर हो ’उनले भनिन् ,‘आफनो वडाले गर्ने कामहरू बारे जानकारी लिनुस। जनताका आवश्यकता हेर्नुस । आफनो नेतृत्व बिकास गर्नुस।’
कार्यक्रममा नेपालगंन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट ,डुडुवा गाउपालिकाकी उपमेयर साहिदा बानो ,कोहलपुर नगरपालिका सामाजिक बिकास शाखाका संमयोजक इश्वरी बिश्वकर्मा , दलित अधिकार्मी डिल बहादुर परियार, नेकपा एमाले बाकेका अध्यक्ष किस्मत कक्षपति ,राप्रपाकी इन्दीरा शाही ,काग्रेस बाकेका सुसिला नेपाली , महिला बिकास अधिकृत मन्जु पाण्डे लगायतले आफनो धारणा राखेका थिए ।
सम्मेलनमा प्रदेश ५का विभिन्न जिल्लाका गरी करीब एकसय जना दलित समुदायबाट निर्वाचित महिला जनप्रतिनिधिहरु सहभागी भएको फेडोका जिल्ला अध्यक्ष निर्मला सुनारले बताइन् ।
सम्मेलनमा वडामा दलित महिला सदस्यहरूको भूमिका र अधिकारका फेडोका संस्थापक दुर्गा सोब , केन्द्रिय अध्यक्ष कला स्वर्णकार लगायतले प्रशिक्षण दिएका थिए ।

 

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech