११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
डुडुवाखोलामा चारवटा पक्कि पुलको शिलान्यास
  • न्युज डेस्क

    २१ भाद्र २०७९, मंगलवार

बाँके-भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार बाँकेको डुडुवाखोलामा निर्माण हुने चारवटा पक्कि पुलको शिलान्यास गर्नुभएको छ । पुल निर्माणका लागि बजेट सुनिश्चित भई टेण्डर आव्हान भएपछि मन्त्री राईले एकैदिन शिलान्यास गर्नुभएको हो । मन्त्री राईले डुडुवा १ टेपरी गाउँस्थित डुडुवा खोलामा टेपरीदेखी छोपरी जोड्ने पक्कि पुल, नौरीगौरीदेखि कैरातीपुरवा जोड्ने पक्कि पुल,राजारामपुर्वादेखि हल्कारापुर्वासम्म जोड्ने पक्कि पुल र अमरहवादेखि लडियाघाट जोड्ने पक्कि पुलको शिलान्यास गर्नुभयो । सो अवसरमा मन्त्री राईले आफु विकास र समृद्धिको आधारमा राजनीति गर्नुपर्छ भन्ने मान्यतामा रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा विकास र समृद्धिको एजेण्डाले प्राथमिकता पाउने भन्दै जातिय र धार्मिक कुरा गर्नेहरुबाट सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech