१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
गठबन्धनकाे नाममा कांग्रेसले उचित स्थान नदिए परिणाम उल्टो आउन सक्छ – नारायण प्रसाद गाैडेल
  • न्युज डेस्क

    २१ भाद्र २०७९, मंगलवार

नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सम्बोधन गर्दै सभापति गौडेलेले गठबन्धनमा रहेका दलहरुमा अहंकार देखिएकाले त्यसले गठबन्धनको संस्कारलाई मजबुत नबनाउने टिप्पणी गरे ।

नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य प्रमेश्वरी पाठकले कार्यक्रममा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, जिल्ला कार्यसमिति सदस्य उमा थापा मगर, महिला संघकी सभापति नारायणी रुपाखेती, तरुण दलका सचिव बिनोद रिजालले बोलेका थिए ।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश) को सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर २ (ख ) का सचिव प्रदिप साहले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech