१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
वडा अध्यक्ष पुनले गरे वडाको एकसय दिन उपलब्धी सार्बजनिक
  • न्युज डेस्क

    २१ भाद्र २०७९, मंगलवार

(नेपालगन्ज)
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले निर्वाचित भए संगै वडामा सक्रिए छन् । उनले वडामा सरसफाइ देखि वडाका बिभिन्न काममा आफनो सक्रिएता बढाएका आफु निर्वाचित भएको एक सय दिनको उपलब्धी सार्बजनिक गरेका हुन ।
एक सय दिनको अवधिमा रहेका रचनात्मक कामलाई उनले बुँदागत रुपमा सार्वजनिक गरेका हुन् । जस अनुसार शिक्षा, स्वास्थ्य, वृक्षारोपन, सरसफाई र विविध रहेको छ ।
वडाअध्यक्ष पुनले आफनो नेतृत्वमा नेपालगन्ज ४ मा रहेको दुई वटा सामुदायिक बिद्यालय (नेपालगन्ज कन्या मावि), अनाथालय गौसिया माध्यामिक बिद्यालयमा पँच दिने बिद्यार्थी भर्ना विशेष अभियान सञ्चालन गरिएको, नेपालगन्ज कन्या माविमा यसवर्षदेखी कक्षा ११ (कर्मस र शिक्षा) संकायको पढाई सुरु गरिएको साथै सिलाई कटाई प्रशिक्षकको ब्यवस्था सुरु गरिएको बताए ।

वडाअध्यक्ष पुनले वडा नम्बर ४ कार्यालयको आयोजनामा ब्लड प्रेसर, सुगर र मुटु रोगीहरुको लागि बसपार्क क्षेत्रमा नि:शुल्क औषधी सहितको एक दिने सचेतना मुलक कार्यक्रम लगायत १६ बुदे उपलब्धी सार्वंजनिक गरेका छन् ।

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech