१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
कानुनले दिएको अधिकारका लागि महिलाहरु एकजुट भएर लडौं
  • न्युज डेस्क

    २० भाद्र २०७९, सोमबार

(नेपालगन्ज)
बाँकेका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले आफ्ना हक र अधिकारका लागि महिलाहरु एकजुट भएर आवाज उठाउनु पर्ने बताएका छन् । फातिमा फाउण्डेसनले ओमेन एनजिओ फेडरेसनको साझेदारीमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा बाकेका विभिन्न राजनीतिक दलका महिला नेतृहरुले पार्टीको विधान, संविधान र कानुनले दिएको अधिकारका लागि महिलाहरु एकजुट भएर लड्नु पर्ने बताएका हुन् ।
उनीहरुले पहिले आफ्नो पार्टी भित्र संघर्ष र त्यसपछि महिला उम्मेदवारलाई दलीय दायरबाट बाहिर आएर समर्थन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाकेका निवर्तमान सभापति किरण कोइरालाले महिलाले संघर्ष गर्न छाड्न नहुने उल्लेख गर्दै आफुलाई कमजोर नठान्न आव्हान गरिन् । ‘महिला कमजोर छैनन्, कसैले कमजोर भने प्रतिवाद गर्नुपर्छ, संघर्ष गर्न छाड्नु हुदैन’, हुँदैन ।’
नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगरले महिला नेतृत्वमा आउनका लागि दलभित्रै पहिलो संघर्ष आवश्यक रहेको बताइन् । दलीय विधानले महिलाका विषय समेटेको उल्लेख गर्दै उनले त्यसलाई कार्यान्वयन गराउन तर्फ महिलाहरुको पहिलो कदम हुनुपर्ने बताइन् । ‘दलले आफुलेनै विधान वेवास्ता गरेको पाइन्छ, संविधानको पालना गर्दैनन्, त्यसलाई छलेको पाइन्छ, पहिला आफ्नो दलमा त्यसलाई कार्यान्वयन गर्न आवाज उठाउनु पर्दछ’, उनले भनिन्, ‘महिलाले दलभित्र पहिला आफ्नो एजेण्डा स्थापित गर्नुपर्यो ।’

 

  • २० भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech