१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा
  • न्युज डेस्क

    २० भाद्र २०७९, सोमबार

(नेपालगन्ज)
जिल्ला विपद ब्यवस्थापन समिति बाकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बेमौसमी बर्षाका कारण गत बर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस बर्ष समयमा पानि नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुने भन्दै जिल्ला विपद ब्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । समयमा पानी नपर्दा यस बर्ष नरैनापुरमा १५ प्रतिशत धान रोपाइ भएको र रोपाइ भएको धान पनि खेतमै सुकेको छ ।
बाकेका आठ वटै पालिकाका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थितिमा बसेको सर्वदलिय बैठकले गाउपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरि पर्याप्त सिचाई, बैकल्पिक बाली प्रवद्र्धन तथा राहत वितरणको ब्यवस्थाका लागि लुम्विनी प्रदेस सरकार र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले जानकारी दिए ।
उनले सुखाग्रस्त क्षेत्र नरैनापुरमा बैकल्पिक खेती गर्न कृषि ज्ञान केन्द्र र सम्बन्धित पालिकाले विउविजन उपलब्ध गराई बाली लगाउन कृषकलाई प्रोत्साहन गरिने बताए । ‘भोकमरीको अवस्था आउन नदिन नरैनापुरलाई सहयोग गर्न विभिन्न दातृ निकाय तथा दुवै तहका सरकारसंग आग्रह गर्ने निर्णय विपद ब्यवस्थान समितिले गरेको छ,’ उनले भने ।
गाउपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि केहि आशा पलाएको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले संकटग्रस्त घोषणासँगै राहतका कार्यक्रम आउने आशा ब्यक्त गरे ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech