१४ आश्विन २०७९, शुक्रबार
१४ आश्विन २०७९, शुक्रबार
सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा मल्ल नियुक्त
  • न्युज डेस्क

    २० भाद्र २०७९, सोमबार

बाँके – सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा  युवानेता  टेकेन्द्र मल्ललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियुक्त गरेको हो ।सञ्चालक  सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए ।
मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ उपदफा २ (क) बमोजिम ३ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको हो । सदस्य केसी काँग्रेस र खान जसपा सम्बद्ध हुन् ।अध्यक्ष मल्लले  भने, ‘सबै सरोकारवालासँगको समन्वय र सहकार्यमा अस्पतालको विकासका लागि आवश्यक पहल गरेर अगाडी बढ्नेछु ।’                                                                                                                                                     एमाले नेता भक्तबहादुर केसीले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको समितिको अध्यक्षमा नियुक्त मल्ल नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव हुन् ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech