८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
सबै भन्दा कम बेरुजु नरैनापुरमा
  • न्युज डेस्क

    ३० असार २०७९, बिहीबार

(नेपालगन्ज)
बाकेका आठ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो ।
बँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ ।
। गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले कोरोना लगायतका कारण देखाउदै लेखापरीक्षण नै नगराएकाले प्रतिवेदन उक्त स्थानीय तहको लेखापरीक्षण विवरण सार्वजनिक भएको थिएन । यसपटक भने बाकेका आठ वटै स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।
बँकेमा सबैभन्दा बढी बेरुजु जानकी गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जानकी गाउँपालिकाको बेरुजु ६.२० प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकाको आएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आउने आर्थिक बर्षमा बेरुजु सुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।
यस्तै नरैनापुरका लेखा पाल प्रकाश अधिकारीले अनलाइन बैंकिङ प्रणाली सुरु भएकोले बेरुजुलाई सुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा लागेको सुनाए।

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जनप्रतिनिधिहरुको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउदै आउने आर्थिक बर्षमा अपेक्षित रुपमा कमी आउने बताए ।

महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेका कारण बेरुजु रकम बढेको जनाएको छ । विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको, सम्पन्न कार्यको आवश्यक कागजात संलग्न नगर्दा स्थानीय तहमा बेरुजु देखिएको जनाएको छ ।

  • ३० असार २०७९, बिहीबार प्रकाशित
  • Nabintech