नेपालगन्ज भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त हुनु भएको छ । भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट छाला, कुष्ठ, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो ।
डा चापागाई ११ औं तहको हुनुहुन्छ ।
यसअघिका मेसु डा. वीरेन्द्रबहादुर चन्दको अवकाशपछि कार्यबाहक मेसुको रुपमा डा. चापागाईले जिम्मेवारी निर्वाह गर्दैन आउनुभएको थियो ।