४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
प्रहरीको प्रयासमा १ सय ८५ किलो गाजा नियन्त्रणमा
  • न्युज डेस्क

    १४ असार २०७९, मंगलवार

(नेपालगन्ज)
बाकेको नरैनापुर गाउँपालिकामा १ सय ८५ किलो भण्डारण गरेको लागुऔषध गाजा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयले भगवानपुरले दुई जनालाई भण्डारण गरेको गाँजा सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए । बँकेको नरैनापुरमा भुस र गहुभित्र लुकाएर राखेको १८ बोरा गाजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट गएको प्रहरी टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ६ को चौविस विगाह र दोन्द्राका अनिता मौर्य, चिम्मन अहिर र मन्ते भन्ने रामदास मौर्यको घरमा छापा मार्दा गहु र भुसभित्र लुकाइराखेको गाँजा फेला परेको हो ।
प्रहरीले ५० बर्षीया अनिता मौर्या र ३१ बर्षी पारस मौर्यालाई पक्राउ गरेको हो । अरु दुई जना फरार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भगवानपुर, बाकेका अनुसार, बिशेष सुराकीका आधारमा मंगलबार दिउसो नरैनापुर गाउपालिका वडा नं. ६ स्थित चौबिस बिगाह र दोन्द्रा गरी दुई स्थानमा प्रहरी निरीक्षक विर बहादुर सुनार सहितको २० जनाको प्रहरी टोलीले छापा मारेको थियो ।
गाजा सहित बरामद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेका छौ’, हाल अनुसन्धानमा चार जना व्यक्तिहरु संलग्न रहेको खुल्न आएको छ ’प्रहरी निरीक्षक सुनारले भने, ‘दुइ जना पक्राउ परेका छन्, फरार दुई जनाको खोजी भैरहेको छ,’

  • १४ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech