१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडपमा एककाे मृत्युु
  • न्युज डेस्क

    २३ जेष्ठ २०७९, सोमबार

बर्दिया –  बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा सोमवार बाघकाे नियन्त्रणकाे माग राखेर स्थानीयबासीले दिउंसाे  अाेराली बजार प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा एक महिलाको मृत्यु भएको छ।                                                              प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले  गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका थिए ।                         सोमबार दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको आफ्नै खेतमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । थारुको अहिले  नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ  ।                        केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला शाहीको मृत्यु भएको थियो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित
  • Nabintech