१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
चक्कु प्रहार गर्दा मदरसामा बालकको ज्यान गयो
  • न्युज डेस्क

    १४ जेष्ठ २०७९, शनिबार

(नेपालगन्ज)
बाकेको नेपालगन्ज स्थीत फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै चक्कु हानाहान गर्दा एक बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले अनुसार सो मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट–६ का १६ वर्षिय जामुदिन मियाँको छातीमा चक्कु रोपिएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।
बिहिबार सँझ ५ बजे मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षिय मो. आशिक एक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाको देब्रे छातिमा मुटुमै चोट लाग्दा ज्यान गएको हो ।
घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराईएको मियाको उपचारको क्रममा मृत्यु भएको हो । ‘ उपचारको क्रममा रहेको मियाँको शुक्रबार गते राती १० बजे नै मृत्यु भएको रहेछ ।’ प्रहरी नायव उपरिक्षक न्यौपानेले भने,‘ प्रहरीलाई शनिबार विहान मात्र यसको जानकारी आएको हो ।’

प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सिसिटिभी फुटेजमा दुबैले छातिले एक अर्कालाई धकेला धकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातिमा चक्कु प्रहार गरेको देखिएको छ ।
खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी आयो घटना कसरी भयो भन्ने बारे प्रहरीले अनुसंन्धान गरीरहेको छ । मदरसाको तर्फबाट पनि घटनाको बारेमा जानकारी गराईएको छैन ।

घटनामा संलग्न रहेका बालक प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीका अनुसार पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको छ र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसंन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।

 

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित
  • Nabintech