१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
नरैनापुर पालिकाको पहिलो निर्णय, एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी लाइ लाइ ल्यापटप
  • न्युज डेस्क

    ९ जेष्ठ २०७९, सोमबार

(नेपालगन्ज)
बाकेको नरैनापुर गाउँपालिकाका नव निर्बाचित अध्यक्ष ईस्तियाक अहमद शाहले पालिका भित्रका बालबालीका लाइ शिक्षामा आर्कषीत गराउने निर्णय गरेका छन्। भर्खर साक्षर पालिका रहेको सो गाउपालिकामा बिद्यालय छाडने दर बढिरहेकाले शिक्षा लाइ प्राथमिकतामा राखेका छन् । गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट प्रत्येक बर्ष एसईईमा उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाई ल्यापटप प्रदान गरिने, गाउँपालिकाको जय किसान माविमा क्याम्पस सन्चालन गर्ने निर्णय र हरेक बिद्यालयमा एक–एक वटा स्कुल बस हस्तान्तरण गर्नलाई आबश्यक प्रक्रिया अघि बढाउने कार्यको सदर गरेका हुन् ।
,पालिकामा रहेका सरकारी बिद्यालयलाई बस दिनेदेखी र क्यामपस स्थापना गर्ने निर्णय गरेका छ्न । सोमबार गाउपालिकामा पदभार ग्रहण गर्दै उनले नरैनापुरका बालबालिका लाइ शिक्षामा जोड दिन आफुले सो अनुरुपको निर्णय गरेको बताए ।
‘बिपन्न अशिक्षीत बालबालिका लाइ शिक्षामा पहचं बृद्धी गराइ आत्मनिर्भर बनाउने हाम्रो प्राथमीता हो।’ उनले भने,‘भौतीक बिकास धेरै गरयौ अब सामाजीक बिकास बिना भौतीक बिकासको अर्थ छैन्। ’
उनले पहिलो निर्णयमै पालिकाको शिक्षा लाइ बढी प्रथामिकतामा राख्दै ३ करोड लागतमा वडा न ३ मतेहनियामा माध्यमिक बिद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छ्न । जय किसान माबिमा क्याम्पस स्थापना, बाँकी रहेको स्थानमा विद्युतिकरण र गाउँका चोकहरुमा हाई मस्ट लाइट जडान गर्ने लगायतका योजना अघि सारेका छ्न ।
बाकेको नरैनापुर गाउपालिकाका नवनिर्वाचित अध्यक्ष शाहले सोमबार सपथसंगै कार्यभार सम्हालेका हुन् ।

जय किसान माबिल नव निर्वाचित जनप्रतिनिधि स्वागत कार्यक्रम गरेको थियो । विद्यालयको नव निर्मित सभाहलमा बिद्यालय ब्यबस्थापन समीतिको. अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो । बिधार्थीहरुले फुल दिएर निर्वाचीत पदाधीकारी लाइ सम्मान गरेका थिए ।

 

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित
  • Nabintech