१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
राप्ती सोनारी गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्त पाैडेल उपाध्यक्षमा थारु विजयी
  • न्युज डेस्क

    ३ जेष्ठ २०७९, मंगलवार

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा थारुले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित
  • Nabintech