१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
बाकेमा एक सय ६ वटा मतदान केन्द्र संवेदनशीलको सूचीमा
  • न्युज डेस्क

    २९ बैशाख २०७९, बिहीबार

(नेपालगन्ज )

देशभर शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बाकेका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीहरु आवश्यक निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन कार्यालयबाट बुझेर आफुलाई खटाईएको मतदान केन्द्रको ब्यबस्थापनमा जुटेका छन् । मतदाता परिचयपत्र वितरण गरिरहेका छन्।
बाकेमा एक सय ३६ वटा मतदानस्थल छन्। त्यसमा तीन सय ७९ वटा मतदान केन्द्र छन्। स्थानीय प्रशासनले एक सय ६ वटा मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखेको छ।
बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अत्यन्तै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरुप सुरक्षा ब्यबस्था मिलाईएको बताए । ‘संवेदनशीलको सूचीमा परेका मतदान केन्द्रहरू धेरैजसो दक्षिणभेगका रहेका छन् ’ बाकेका प्रमुख जिल्ला अधिकार खत्रीले भने ,‘खुला बर्डर,भौतीक अवस्था मजबुत नभएको स्थानलाइ संबेदनशिल सूचीमा राखेका छौ। ’
बाके सीमावर्ती जिल्ला हो। यसको दक्षिणमा भारत पर्दछ। खुल्ला सीमानाकाका कारण दक्षिणका मतदान केन्द्रलाई संवेदनशील मानिएको हो।
पूर्वको नरैनापुरदेखि नेपालगन्ज हुदै पश्चिमको खजुरा गाउँपालिकासम्मको ६५ किलोमिटर सीमामा रहेका मतदान केन्द्रलाई संवेदनशीलमा राखेको प्रशासनले त्यहा निगरानी बढाएको छ।
बाकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिव ६ हजार २ सय परिचालन भएका छन् ।

  • २९ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech